अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज

ओकेखबर संवाददाता ४ मंसिर २०८०, सोमबार ०९:३० मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक आज बस्दैछ ।

अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तर निकाय छलफल डाकेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ ।

बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।

योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले ठोस निर्णय लिने बताएका थिए ।


सम्बन्धित खबरहरु