कुमारी बैंकको सीईओमा खनाल

ओकेखबर संवाददाता २ मंसिर २०८०, शनिबार ११:५० मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । रामचन्द्र खनाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनसीसी र कुमारी बैंक मर्ज हुनुअघि खनाल कुमारी बैंककै सीईओ थिए । मर्जपछि बनेको कुमारी बैंकको सीईओ भने रमेशराज अर्याल बनेका थिए । अर्यालले पदबाट राजीनामा दिएपछि कुमारी बैंकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

चार्डर्ट एकाउन्टेन्ट खनालले एनआईसी एसिया क्यापिटलको सीईओको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।


सम्बन्धित खबरहरु