बदलिँदो समाज

ओकेखबर संवाददाता ७ श्रावण २०७७, बुधबार १५:२८ मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

समाजलाई विभिन्न दृष्टिकोणले नियाल्न सकिन्छ ।कहिल्ये काहिँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्ने गरिन्छ भने, कहिलेकाही पहिला अध्यायन विश्लेषण( संश्लेषण गरेर पछि मात्र निचोड निकाल्न सकिन्छ । समय परिर्वतनशील छ । समयको परिर्वतनशीलता संगसंगै हरेक वस्तुहरु पनि परिवर्तन हुन्छन् । यसबाट नेपाली समाज पनि अछुतो रहन सक्दैन ।

समयको विविध कालखण्डमा आउने क्रमिक परिर्वतनसंगै नेपाली समाज पनि पहिलेको जस्तै नरहेको पछिल्लो समय समाजमा भएका विविध घटनाहरूले पनि प्रष्ट हुन्छ । ढुङ्गेयुगबाट सुरु भएको मानव सभ्यता अहिलेको विकसित २१औं शताब्दीको मध्यस्थता सम्म आइपुग्दा हाम्रो समाज र नागरिकको जीवनशैलीमा पनि निकै उतार चढाप र थुप्रै परिर्वतनहरु आएका छन् ।

 

द्रूतगतिमा समयसँगै बगेको तिब्र विकासलाई पछ्याउँदै हामी गाउँले जीवन शैली त्याग्दै सहरी जीवनमा प्रवेश गरिरहेका छौँ अध्ययन, पेसा, व्यापार व्यवसाय र अन्य यस्तै अवसरको खोजी गरी उज्ज्वल भविष्य निर्माण गर्न एकातर्फ सके विदेश नभए सहरमै जानुपर्ने बाध्यता छ भने अर्कोतर्फ गाउँले जीवनभन्दा सहरीया जीवन रुचाँएर गाउँ छोड्नेको मानिसहरूको लर्को नै लागेको पाइन्छ।

केही जानेबुझेका, पढेलेखेका, केही गर्नसक्ने हिम्मत भएका युवा तथा प्रौढहरु जति सबै विदेश र सहरतिर जाँदा गाउँ सुनसान हुन पुगेको छ। बिडम्वना आज कसैको मृत्यु शोकमा खोलासम्म काधँ थाप्नेव्यक्ति को समेत गाउँ घरमा अभाव भएका छन् ।आज वृद्ध बाआमाहरुलाई गाउँ घरमै राखेर पाँच तलाको सहरको दरबारमा बस्नेहरूको पनि कमी छैन् ।

 

आज गाउँँ घरका खेतीयोग्य जमीन बाँझै छन्, सहरीयाहरू सयौं तिरेर साग सब्जि खान तयार छन् । भिरपाखा र खरबारीहरूमा झाडी बढेका छन् । त्यहाँ जाने बाटो हराएको छ । खाना पकाउँदा ग्यासको प्रयोग बढिरहेको छ । दाउरा बालेर खाना पकाउने चलन कम हुँदैगएको पाइन्छ। धुवाँ धुलोको प्रभावले। हिजोआज गाँउले सहर छिरेपछि गाउँकैे वरपर वन बनेका छन्।आज घर आगनमै जंगली जनावरको डरले निकै दयनीय अवस्था सिर्जना गराएको छ ।

कोदो रोप्ने, बोडी,धान मकै फापर जस्तो मुल्यवान तागतीला अन्न पात र अलैंची बेसार जस्तो बहुमुल्य जरीबुटीहरूको खेतीपाती आजभोलि कमै हुँदै गएको देखिन्छ । यो हाम्रो अरूमाथि भर पर्ने जस्तो अछुर र अभद्र बानि व्यवहारका कारण नै हुन। गोठमा पशु चौपाया कमै पालिन थालिएको छ ।

 

गाउँघरमा जंगली जनावर, बाँदरहरुलगायतको आक्रमण बढ्न थालेको पाइन्छ । घरमा लगाएका तरकारी तथा फलफूलहरु कस्ले कुनबेला टिपेर लान्छ थाहै छैन ।आज काम गर्ने कालू मकै खाने भालु भएको छ कुनबेला कस्ले टिपेर लैजान्छन् त्यसको कुनै पत्तो नै हुँदैन । मेलापात, घाँस दाँउरा जाँदा कैयौंपटक गाउँका दाजुभाइ, दिदीबहिनी, आमाबाहरुलाई जङ्गलीजनावर हरूले दिनदाहढै आक्रमण गर्ने चिथरेको घटना बढ्दै गहिरहेका छन् ।

एकातर्फ जंगली जनावरको यस्ता खालका आक्रमणबाट गाउँका बुवाआमा, दिदीभाउजु एवं स्कुले नानीबाबुहरु त्रसित र असुरक्षित छन् भने अर्कोतर्फ किसानले मिहेनत गरेर महँगो बीउवीजन किनेर, खेताला लगाएर खाई नदाई मलजल गरेको अन्नपात दिन दाहाडै आफ्नैै आँखासामु नष्ट गरिदिदाँ गरिखाने किसान मनमा निकै नैर्श्यता छाएको छ। अब त सोच्ने बेला भएन र सहरमा रझाई गर्ने हरू ?

 

आज समग्र विश्व समुदाय नै कोभिड–१९सँग जुधिरहेको अवस्था हो। आज पूरा विश्व नै महामारीको चपेटामा परेको छ । विश्वका निकै शक्तिशाली र विकसित मानिएका मुलुकहरु जस्तै चीन, अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकहरुले समेत यो डरलाग्दो महामारी सामुघुँडा टेक्नुपरेको छ । हाम्रोजस्तो गरिब र अविकसित राष्ट्रहरु त झन् बढी प्रभावितर भयवित भएका छन् । नेपाललगायत समग्र विश्वमा नै कठिन अवस्था सिर्जना भएको छ । आज लाखौं मानिसहरू महामारीबाट संक्रमित छन् भने कयौँ मानिस हरूले ज्यान गुमाएका छन् । अझै यो स्थिति झन भयावह हुनसक्ने आकलन गरिएको पाइन्छ। कोरोना भाइरसको कारणले विश्वको अर्थतन्त्र नै धराशायी बन्दै छ ।

अबका दिनमा देशको अर्थतन्त्रले कस्तो रुप लिन्छ भन्ने विषयमा अर्थविद्हरुले समेत अड्कल काट्न सकेका छैनन् । धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरु रोगले भन्दा भोकले मर्ने डर छ । धेरै नेपालीहरु विदेशमा अलपत्र परेका छन् । जसरी हामी पहिले बाध्यता र विवशतामा परेर विदेश र सहरतर्फ जान बाध्य भयौँ त्यसरी नै अहिलेको महामारीले गाउँ फर्कने अवस्थाको सिर्जना भएको छ ।अबको समय ‘हुदाँ खाने र हुने खाने’ दुबैमा गहिरो चोट पारेको छ।

 

अब पुनः पुरानै जीवन र पुरानै लयमा फर्कनुपर्ने अवस्था हामिमा जरुरी हुन्छ। किनकि अझै हामीमा महामारीको प्रभाव तिव्र गतिमा छ पहिलेकै लयमा साधारण जीवन जिउन निकै समय बिताउन पर्ने हुन सक्छ। अब बाँझो खेतबारीमा खेती गरिनुपर्छ । जान्ने मानिसले नजान्नेलाई सहजीकरण गर्दै पूर्ण साथ र सहयोगका साथ अघि बढ्नुपर्छ । विदेशबाट आउनेहरुले आफूले आर्जन गरेको ज्ञान, सीप, बुद्धि र विवेकलगाएर आफ्नै गाउँ ठाउँमा पसिनाको खेति गर्ने समय आएको छ । आफुसँग भएको सीप र क्षमतालाई व्यावहारिक जीवनमा अवलम्बन गर्नुपर्ने अवस्थासिर्जना भएको छ महामारीले । महामारीमा परेका मानिसहरुलाई सहयोग गरी बिस्तारै सामान्य जनजीवनमा फर्किनुपर्छ । सबैलाई सबैले आत्मीयता, सदाशय मित्रवत् पारिवारिक भावना देखाउनपर्ने अवस्था आएको छ। समाजमा कसैले कसैलाई पनि अपमान र तिरस्कार गर्नु हुँदैन । यो हामी नेपालीको संस्कार पनि होइन ।

जे होस् अहिले कोभिड–१९ विरुद्धको लडाइँमा मिलेर विजय प्राप्त गर्ने परिस्थितिमा हामी पुगेका छौ । जीवनमा जस्तोसुकै कठिन परिस्थितिसँग पनि उच्च मनोबलका साथ हाँसीहाँसी सामना गर्ने बानिले नै आज हामीलाई थप उर्जावान र तागतिला बनाएको छ। जीवनमा कठोर परिस्थितिसँग संघर्ष गर्नुपर्ने हुन्छ । महामारीको कारण रोग, भोक, र शोकको त्रासमा छटपटिरहेको यो अवस्थामा हामी सबै आशावादी भएर बाँच्न सिक्नुपर्छ । आखिर यस्तै संघर्षमय गाथा त हो मानव सभ्यता ! मानव र मानवता को विकास गरौँ आफू पनि बाचौँ अरूलाई पनि बचाँउ ।।


सम्बन्धित खबरहरु