ट्वीटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

ओकेखबर संवाददाता २७ कार्तिक २०७९, आईतवार ०७:३१ मा प्रकाशित ( साल अघि) ३५८ पाठक संख्या

काठमाडौं । मासिक ८ डलर तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ ।

अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।


सम्बन्धित खबरहरु