बाढीपहिरो र चट्याङबाट ८० दिनमा ६२ जनाको मृत्यु

ओकेखबर संवाददाता २१ असार २०७९, मंगलवार १४:३५ मा प्रकाशित ( साल अघि) १७३ पाठक संख्या

प्राकृतिक विपत्ति बाढीपहिरो र चट्याङका कारण वैशाखदेखि हालसम्म ६२ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला ८० दिनमा ६२ जनाको मृत्यु भएको हो।

वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन्। वैशाखयता बाढीपहिरोमा भन्दा चट्याङबाट ज्यान गुमाउनेको संख्या दोब्बरले धेरै छ। यो वर्ष असार २० गतेसम्मम चट्याङमा परेर ४१ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांक छ।

बाढीपहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् भने १ सय ७ वटा चट्याङ परेको छ।


सम्बन्धित खबरहरु