जर्मनीलाई २–० गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

ओकेखबर संवाददाता १६ असार २०७८, बुधबार ०७:१० मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

काठमाडाैं । इंग्ल्याण्ड युरो कपको क्वाटरफाइनलमा पुगेको छ । पूर्व च्याम्पियन जर्मनीलाई दुई शुन्यले हराउँदै इंग्ल्याण्ड नौं बर्षपछि युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

वेम्लेमा भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई पाखा लगाउन इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङ र हेरी केनले एक एक गोल गरे ।
पहिलो हाफमा दुबै टिमले दुई दुई वटा उत्कृष्ट मौका खेर फालेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७५ औं मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो ।

उसका लागि रहिमले डिबक्समा पाएको मौकालाई सहजै सदुपयोग गर्दै गोल गर्न सफल भए ।

त्यसपछि जर्मनीका थोमस मुलरले गोलको उत्कृष्ट मौका पाउँदा सदुपयोग गर्न सकेनन् । तर ८५ औं मिनेटमा इंग्ल्याण्डले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि कप्तान हेरी केनले उत्कृष्ट हेडर गोल गर्न सफल भए ।

त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र इंग्ल्याण्ड् सन् २०१२ पछि युरोकपको क्वाटरफाइनलमा पुग्न सफल भयो ।


सम्बन्धित खबरहरु