ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङ प्रालिबीच सम्झौता

ओकेखबर संवाददाता ५ चैत्र २०७७, बिहीबार ०८:२२ मा प्रकाशित ( साल अघि) ४४६ पाठक संख्या

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधिहोल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधिहोल्डिङ प्रा।लि। का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे।

उक्त समझदारीअनुसार बैंकले बोधिहोल्डिङ प्रा।लि।ले ओमसतिया४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घरजग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ।

यसका साथै ग्लोबल आइएमई बैंक,बोधिहोल्डिङ प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहने छ ,


सम्बन्धित खबरहरु