ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार ०८:२३ मा प्रकाशित ( साल अघि) ४०२ पाठक संख्या

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा उपाधि दाबेदार समेत मानिएको बार्सिलोनाले ओसासुनालाई २(० गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एकरएक गोल गरे ।

जितसँगै बार्सिलोना बार्सिलोनाको २६ खेलमा ५६ अंक बनाउँदैं शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी कम गरेको छ । दोस्रो स्थानको बार्सिलोना एट्लेटिकोभन्दा दुई अंकले तल छ ।

ओसासुना २८ अंकसहित लिगको १३औँ स्थानमा छ ।


सम्बन्धित खबरहरु