उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले लिए सपथ

ओकेखबर संवाददाता १४ मंसिर २०७७, आईतवार २०:०० मा प्रकाशित ( साल अघि) ५२० पाठक संख्या

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराइन् । अध्यक्ष गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराए ।

११ देखि १३ मंसिरसम्म काठमाडौंमा सम्पन्न ५४औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

उनी सन् २०१७ मा वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए । उनी साढे ३ वर्षअघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत निर्वाचित आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका हुन् ।


सम्बन्धित खबरहरु