रहेनन् विश्‍व प्रसिद्ध फुटबलर म्याराडोना

ओकेखबर संवाददाता ११ मंसिर २०७७, बिहीबार ०७:४५ मा प्रकाशित ( साल अघि) ४३३ पाठक संख्या

लण्डन । विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।

तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो ।

म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको सूचना अनुसार उनको घरमै हृदयघातका कारण निधन भएको हो । शल्याक्रिया गरेको ३ हप्तापछि निधन भएको बताइएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो । त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए ।


सम्बन्धित खबरहरु