१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर !

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार २३:०४ मा प्रकाशित ( साल अघि) ५१४ पाठक संख्या

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सी फलाएर एक जनाले १६ हजार ४५० डलर जितेका छन् ।

हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। ४७ औँ संस्करण यो प्रतियोगितामा मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन् ।

महामारीका बेला गिंगरले धेरैजसो समय घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए। उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए।

उनले उक्त फर्सी प्रतियोगितामा सामेल गराउन गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी पुगेका थिए।

उनले भनेका छन्, ‘साह्रै कठिन यात्रा थियो। धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ ।’

प्रतियोगितामा सर्वोत्कृष्ट बनेको उक्त फर्कीका लागि उनलाई पुरस्कारस्वरुप १६ हजार ४५० डलर प्रदान गरिएको थियो ।

सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो। सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए।


सम्बन्धित खबरहरु