रुसमा लक्की ड्रबाट छानिएका यी नेपालीले लगाए कोरोना खोप

ओकेखबर संवाददाता ४ आश्विन २०७७, आईतवार ०९:२६ मा प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

काठमाडौं । रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्।

रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी डा. श्रेष्ठको नाम छनोट गरेको हो।

श्रेष्ठ ३० हजार जनामध्ये बाट छानिएका हुन्। खोप लगाएपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।


सम्बन्धित खबरहरु