विश्व ‘लिडिङ’ क्रिकेटरको उपाधि बेन स्टाेकलाई

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार १६:२७ मा प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

विश्व लिडिङ क्रिकेटरको उपाधि बेन स्टोकले हाँसिल गरेका छन् । सन् २००५ पछि कुनैपनि इंग्लिस खेलाडी यो उपाधि जित्न सफल भएका हुन ।

इंग्ल्याण्डलाई विश्वकपको उपाधि दिलाउन महत्वपुर्ण भूमीका खेलेका स्टोकले फाइनलमा म्यान अफ दी म्याच बनेका थिए ।

२८ बर्षे स्टोकले एसेस टेष्टमा पनि अष्ट्रेलिया विरुद्ध एक सय ३५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

यसअघि यो अवार्ड एन्र्डु फ्लिन्टफले जितेका थिए । पछिल्लो तीन बर्षमा भारतीय खेलाडी विराट कोहलीले यो अवार्ड जितेका थिए ।


सम्बन्धित खबरहरु