धादिङबेशीमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्न शुरु

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार २०:३७ मा प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

धादिङ । विश्व महामारी कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र फैलिरहेका बेला संघ, प्रदेश र स्थानीय सकारले आवश्यक सर्तकता अपनाउन थालेको छ ।
कोभिड–१९ को सम्भावित जोखिमलाई न्युनिकरण गर्न धादिङको नीलकण्ठ नगरपालिकाले बजार क्षेत्रमा आजदेखि (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्न शुरु गरेको हो।

कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकमा कोरोना सङ्क्रमित व्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको नीलकण्ठका नगरप्रमख भिमप्रसाद ढुङ्गानाले बताए ।
त्यसो त बिहिबार नगरवासीका नाममा भिडियो सम्बोधन गर्दै यदि कसैमा कोरोना संक्रमण भैहाले नगर सचिवालय स्ट्याण्डवाई रहेको र संक्रमितको आवश्यक औषधी उपचार खर्च पालिकाले बेहेर्ने नगरप्रमुख ढुंङ्गानाले प्रतिबद्धता जनाएका थिए ।

यससंगै नगरपालिकाले कोरोना संक्रमणको सर्तकताका लागि नगरपालिकाको टोलटोलमा संक्रमणबारे सूचीत गराउन माइकिङ गरिरहेको छ । सचेताना अभियानस्वरुप नगरबासीहरुमा कोरोना भाइरसबारे पर्चा पम्प्लेटहरू बाँडिएको र नगरपालिकाका सबै वडामा मास्क पनि वितरण गरिरहेको नगरपालिकाका सल्लाहाकार दीपक कोइरालाले जानकारी दिए ।

स्वयमसेवक नारायण कुमार श्रेष्ठका अनुसार धादिङबेशीको पुछारजार देखि क्वारेन्टाई स्थल सम्म २ सय ५० लिटर डिसइन्फेक्सन स्प्रे छरिएको छ । बाँकी ठाउँहरुमा पनि छर्दै जाने नगरपालिकाले जनाएको छ ।

तस्वीरहरु : नारायण कुमार श्रेष्ठ

 


सम्बन्धित खबरहरु