काठमाडौं । नर्विच सिटी २८ वर्षपछि पहिलो पटक एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती भएको खेलमा नर्विचका गोलकिपर टिम क्रुलले उत्कृष्ट प्रदर्शन गर्दा नर्विचले टोटनह्याममाथि जित निकाल्यो ।
निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा नर्विचले पेनाल्टीमा ३–२ को जित निकालेको थियो ।
पहिलो पेनाल्टीमा केन्नी म्याकलिनको प्रहार टोटनह्यामका गोलकिपरले रोकेपनि इरिक लामेलाको प्रहार क्रसबारमा लाग्न पुग्यो । त्यसपछि ट्रोय प्यारोट र जेड्सन फर्नाण्डेजको प्रहार भने नर्विचका गोलकिपर टिम क्रुलले बचाएका थिए ।
नियमित समयमा टोटनह्यामले लिएको अग्रता जोगाउन सकेन । जान भर्टोङ्गेनले खेलको सुरुवातमै गोल गरेका थिए । १३औं मिनेटमा जियोभानी लो सेल्सोको उत्कृट क्रसलाई भर्टोङ्गेनले हेडर गोल गरेर अग्रता दिलाएका थिए ।
खेलमा फर्किने दुईवटा प्रहारलाई टोटनह्यामका गोलकिपरले बचाएपछि तेस्रो मौकामा नर्विचले बराबरी गरेको थियो । खेल सकिन १२ मिनेट बाँकी रहँदा जोसिप ड्रिमिचले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
९० मिनेट र आधा घण्टाको अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीमा भएको थियो । टिम क्रुल नायक बन्दा नर्विचले टोटनह्यामलाई ३–२ ले हरायो ।