यस वर्ष होली पर्व नमनाउन सरकारको आग्रह

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १०:१६ मा प्रकाशित ( साल अघि) ५२२ पाठक संख्या

काठमाडौं । चिनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्रास बढेपछि सरकारले यस वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ ।

सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसवर्षको होलीमा हुलहुज्जत, ठूला जमघट नगर्न आग्रह गरेका हुन् ।

कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै ज्ञावलीले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन आग्रह गरेको बताएका छन् । ‘भीडभाड हुने गरी कुनै काम नगरौं । सकभर भीड हुने कामबाट टाढै बसौँ । यसपटक होली पनि नमनाऔं ।’ ज्ञवलीले भने । नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने बताए ।

चीनबाहेक अन्य १० देशमा पनि यही भाइरसका कारण मानिसहरूको मृत्यु भएको छ, विश्वभरी कुल मृतक संख्या ३ हजार नाघेको छ ।


सम्बन्धित खबरहरु