प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा दुर्गा आचार्य निर्वाचित

ओकेखबर संवाददाता ४ फाल्गुन २०७६, आईतवार ११:४० मा प्रकाशित ( साल अघि) २५० पाठक संख्या

सिन्धुपाल्चोक । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको पाँचौं जिल्ला अधिवेशनबाट दुगा आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँ निर्बिरोध निर्वाचित भएपछि नेतृत्व महिलाको जिम्मामा गएको छ ।

सदरमुकाम चौतारामा भएको अधिवेशनबाट उपाध्यक्षमा किशोर बुढाथोकी, सुनिता भण्डारी, सचिव–कमला पाख्रीन, सह–सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा आदित्य दाहाल, चयन हुनु भएको छ ।

यसै गरि अन्य सदस्यहरुमा अनिस तिवारी, विजय नेपाल, सरस्वती श्रेष्ठ, प्रितम तामाङ, फुलमान तामाङ, सन्तोष सिग्देल र किरण थापा रहनु भएको छ । यसै गरि केन्द्रिय पार्षदमा सुदर्शन आचार्य, पबित्र कुमार खड्का, रामप्रसाद दाहाल, युवराज पुरी, महेश कुमार श्रेष्ठ, ध्रुब दंगाल, विष्णु खड्का, रामचन्द्र दुलाल, सीके चौलागाई, रुपक पुरी, भक्तध्वज बोहोरा, केपी ढुंगाना, नेत्र तामाङ रहनु भएको छ ।


सम्बन्धित खबरहरु