सुनको मूल्य आकासियो, आयात ५१ प्रतिशतले घट्यो

ओकेखबर संवाददाता २७ चैत्र २०८०, मंगलवार १९:१३ मा प्रकाशित ( हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा पछिल्लो पटक सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

चैत २० गते प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा परेको आर्थिक शिथिलताको प्रभाव बैंकको ब्याजदर घट्दो क्रममा रहनु, पेट्रोलियम पदार्थको मूल्य बढ्नु र शक्ति राष्ट्रहरुबिचको तनावपूर्ण स्थितिका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । जसले सुनको डिमान्ड बढाउँदा मूल्य पनि बढ्न गएको हो ।

त्यसो त अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य १ हजार ९०७.५५ अमेरिकी डलर रहेकोमा २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले बढेर २ हजार १६८.४० अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यो अवधिमा नेपाली बजारमा भने सुनको माग बढ्नुको साटो उल्टो घटेको तथ्यांकले देखाउँछ ।


सम्बन्धित खबरहरु