झापा गोल्ड कप : चर्च ब्वाइज क्वाटरफाइनलमा

ओकेखबर संवाददाता २० फाल्गुन २०८०, आईतवार १८:५१ मा प्रकाशित ( महिना अघि) २४८ पाठक संख्या

काठमाडौं । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापा गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ ।

डोमलाल राजवंशी मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो । चर्च ब्वाइजका अबयोमी र समिर तामाङले गोल गरे ।

भोलि हुने पहिलो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सर्लाहीको बाग्मती युवा क्लबबीच खेल हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


सम्बन्धित खबरहरु