जिबी-रवि जोडिएको सहकारी ठगी बारे अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबी टोली

ओकेखबर संवाददाता ७ फाल्गुन २०८०, सोमबार २०:०५ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडाै‌ । जीबी भनिने गितेन्द्रबाबु राई र रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको छ। अनुसन्धानका लागि सीआईबीको टोलि पोखरा पुगेको हो।

 

ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालकसमेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि लामिछाने जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको छ। सीआईबीको आर्थिक अपराध हेर्ने पिलरका इन्स्पेक्टर सहित दुई जनालाई पोखरा पठाएको सीआईबी स्रोतले जानकारी दियो।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक(डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरमा माघ २४ गते छापा मारेर चार वटा सर्भर बरामद गरेको थियो। सीआईबीको टोलीले त्यस बारेमा पनि अनुसन्धान गर्नेछ।

सूर्यदर्शन सहकारीका पीडितहरुले पछिल्लो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।


सम्बन्धित खबरहरु