काठमाडौं महानगरको कार्यालय बिहान ९ बजेदेखि खुल्ने

ओकेखबर संवाददाता १५ बैशाख २०८१, शनिबार ०९:३३ मा प्रकाशित ( हफ्ता अघि) १९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले यसपछि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ।

वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकाले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बेलुका भने समय परिवर्तन गरिएको छैन।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ।

 


सम्बन्धित खबरहरु