मच्छिन्द्रलाई हराउँदै जावलाखेल पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

ओकेखबर संवाददाता ११ माघ २०८०, बिहीबार १८:३५ मा प्रकाशित ( महिना अघि) २६ पाठक संख्या

काठमाडौं । जावलाखेल युथ क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलको क्वाटरफाइनमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्लबलाई १–० ले हरायो । जावलाखेलका लागि हिसुब थपलियाले गोल गरे । अब जावलाखेलले क्वाटरफाइनलमा माघ १५ गते मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगितामा भोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ ।

 

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


सम्बन्धित खबरहरु