बक्सिङकी राष्ट्रिय खेलाडी गोसाई मृत फेला

ओकेखबर संवाददाता ४ माघ २०८०, बिहीबार १६:३५ मा प्रकाशित ( महिना अघि) ११४ पाठक संख्या

काठमाडौं । बक्सिङकी राष्ट्रिय खेलाडी नीता गोसाईं मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी नीता भक्तपुर नगरपालिका–८ स्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकका अनुसार नीता झुण्डिएको अवस्थामा भेटिएपछि दाइले डोरी काटेर निकालेका थिए। डोरी काटेर निकालेपछि उनैले प्रहरीलाई खबर गरेका थिए। नीताको रहस्यमय मृत्यु प्रकरणको अहिले प्रहरीले अनुसन्धान गरिरहेको पाठकले बताए।

नीताको मृत भेटिएपछि उनको परिवारले एकजना फर्निचर व्यवसायीविरुद्ध प्रहरी वृत्त, जगातीमा आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका छन्। ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी पाठकले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। उजुरी पनि परेकाले घटनाको थप अनुसन्धान अघि बढाइएको पाठकले बताए। नीताले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहबाट रजत पदक जितेकी थिइन्।

 


सम्बन्धित खबरहरु