कोरियन भाषा परीक्षा जनवरी २० देखि हुने, यस्तो छ तयारी

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार २०:३२ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि जनवरी २० देखि भाषा परीक्षा सञ्चालन हुने भएको छ।

ईपीएस कोरिया शाखा र एचआरडी कोरियाले तीन चरणमा परीक्षा सञ्चालन गर्ने भएका हुन्। पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा परीक्षा दिन पाउने भएका हुन्।

घिमिरेका अनुसार उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि जान करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। कम्प्युटरबाट लिइने परीक्षा दैनिक ५ सिफ्ट सञ्चालन हुनेछ। दिनमा एक हजार जनाले परीक्षा दिन पाउने छन्।

तर क्षमता बढाउनका लागि थप उपकरण माग गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

पहिलो चरणमा परीक्षा दिइसकेकाहरुको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ। दोस्रो चरणको नतिजापछि मात्रै अन्तिम चरणको परीक्षा हुनेछ।

यसअघि पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई पनि उत्पादनमुलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउने निश्चित भएको छ। आन्दोलनपछि सहभागी गराउने निर्णय भएको थियो। यस्ता आवेदक २१ हजार रहेको ईपीएस शाखाले जनाएको छ।


सम्बन्धित खबरहरु