उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

ओकेखबर संवाददाता १८ पुष २०८०, बुधबार १५:३० मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । न्याय परिषद् बैठकले आज (बुधबार) उच्च अदालतमा ३९ न्यायाधीशको नियुक्ति गरेको छ ।

परिषद्ले उच्च अदालतको रिक्त ४० न्यायाधीश पदमा २६ जिल्ला न्यायाधीश, चार जना कानुन सेवाका र नौजना कानुन व्यवसायी गरी ३९ जनालाई नियुक्त गरेको हो । उच्च अदालतमा अझै एक पद रिक्त छ ।

त्यसअघि आजै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ ।

यसैगरी आयोगले सर्वोच्च अदालतका सह–रजिस्ट्रार विमल पौडेललाई रजिस्ट्रारमा बढुवा गरेको छ ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त थिए ।


सम्बन्धित खबरहरु