बालविवाह हुँदै गरेको सूचना दिनेले २५ हजार पुरस्कार पाउने

ओकेखबर संवाददाता १७ पुष २०८०, मंगलवार १२:३० मा प्रकाशित ( महिना अघि) २१ पाठक संख्या

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

 

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने उनले बताए । यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए । रासस


सम्बन्धित खबरहरु