दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि चक्कु प्रहार

ओकेखबर संवाददाता १७ पुष २०८०, मंगलवार १०:१५ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

सोल। दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ। प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए।


सम्बन्धित खबरहरु