तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बसमा सवार ३६ जना मध्ये २ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको बताए। उनले घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पोखरा पठाइएको पनि जानकारी दिए ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको उनले बताए। दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।