धुलिखेलमा आगलागी, दमकलको सहायतामा निभाउँदै प्रहरी

ओकेखबर संवाददाता १२ मंसिर २०८०, मंगलवार ०७:४४ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । काभ्रेको धुलिखेलमा आगलागी भएको छ। धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी भएको हो।

घरसँगै नजिकै रहेको एउटा गोठमा मंगलबार बिहान चार बजेदेखि अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ।

अहिले धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

आगलागीको कारण खुलेको छैन। आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।


सम्बन्धित खबरहरु