दक्षिण कोरियाले आगामी वर्ष एक लाख ६५ हजार श्रमिक लैजाने

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार ०८:४५ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया लैजाने भएको छ।

मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने निर्णय गरेको हो।
यो अहिलेसम्मकै बढी हो।

दक्षिण कोरियाले नेपाल, पाकिस्तात, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गरेको छ। सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदारमध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना जानेछन्।

२१ हजार ४ सय ६० जना कोरियामा एक पटक काम गरेका हुनेछन् । उत्पादन क्षेत्रमा ९५ हजार र कृषि क्षेत्रमा १६ हजार जना कामदार कोरिया जान पाउने छन्।

पानी जहाज ५ हजार, निर्माणमा ६ हजार, सर्भिस क्षेत्रमा १३ हजार र २० हजार कामदार भने माग बढी हुने क्षेत्रमा लग्नेछ।


सम्बन्धित खबरहरु