नक्कली रूपैयाँसहित दुईजना पक्राउ

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार २०:२७ मा प्रकाशित ( महिना अघि) २७ पाठक संख्या

काठमाडौं । नक्कली नेपाली रूपैयाँसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


सम्बन्धित खबरहरु