स्वयंसेवक परिचालन सम्बन्धी निर्देशिका बनाउदै कांग्रेस

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार १०:२० मा प्रकाशित ( महिना अघि) ३० पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालनको लागि निर्देशिका बनाउने भएको छ।

श्रमदान प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्न कांग्रेसले निर्देशिका निर्माण गर्न लागेको हो।

पार्टी सभापति शेरबहादुर देउवाले हिजोको पदाधिकारी बैठकमा स्वयंसेवक परिचालनका लागि निर्देशिका दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका थिए ।

त्यसका लागि आज बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।


सम्बन्धित खबरहरु