३८ लाख लिएर फरार भएकी सुनिता पक्राउ

ओकेखबर संवाददाता २२ कार्तिक २०८०, बुधबार ०७:५५ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुर नगरपालिका(१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका(६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको


सम्बन्धित खबरहरु