एमसिसी परियोजना समयमै सम्पन्न गर्छौं: परराष्ट्रमन्त्री साउद

ओकेखबर संवाददाता १७ कार्तिक २०८०, शुक्रबार ०७:३२ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

वाशिङ्टन डिसी।अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन्। बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित थिए ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।


सम्बन्धित खबरहरु