फेरी घट्यो डिजेल र मट्टितेलको भाउ

ओकेखबर संवाददाता १४ कार्तिक २०८०, मंगलवार २०:५३ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रति लिटर १।५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३।६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।


सम्बन्धित खबरहरु