दसैँमा सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामै १८०० रुपैयाँले बढ्यो

ओकेखबर संवाददाता ४ कार्तिक २०८०, शनिबार ०८:०९ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्ममै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर हालसम्ममै उच्च बिन्दुमा पुगेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो । यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

तेजाबी सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु