कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

ओकेखबर संवाददाता १ कार्तिक २०८०, बुधबार ०८:३१ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९५० अनुसार गएको शनिबार मुख्यमन्त्री नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ सांसदहरूको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । आइतबार शपथ लिएका कार्कीले एमालेबाट राम राना तथा कांग्रेसबाट शमशेर राईलाई विनाविभागीय मन्त्री बनाएका छन् ।

आज अपराह्न प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री विश्वासको मत लिन लागेका हुन् ।

उनले प्रदेशसभामा रहेका सबै दलले विश्वासको मत दिन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित खबरहरु