प्रधानमन्त्री प्रचण्ड अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

ओकेखबर संवाददाता ३० आश्विन २०८०, मंगलवार २०:२८ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डलाई आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनी आजै निवास फर्कने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् । प्रधानमन्त्रीको छातीमा केही समस्या देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परिक्षणका लागि अस्पताल आउनु भएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ,’ मल्लले फेसबुकमा लेखेका छन् ।


सम्बन्धित खबरहरु