इजरायलबाट फर्केकालाई एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श

ओकेखबर संवाददाता २९ आश्विन २०८०, सोमबार १७:०१ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिइने बताए ।

उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागिएको डा.डाँगीले बताए ।

अस्पतालमा इजरायलबाट फर्केका नेपाली मात्र नभई उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क सेवा दिने उनले बताए ।


सम्बन्धित खबरहरु