अखाद्य मिठाई बेच्ने टिपटप समोसालाई महानगरले तिरायो २ लाख जरिवाना

ओकेखबर संवाददाता १ आश्विन २०८०, सोमबार १४:३९ मा प्रकाशित ( महिना अघि) ७० पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य र अस्वच्छ खाद्यान्न बिक्री गर्दै आएको टिपटप समोसालाई उक्त जरिवाना तिराएको हो ।

महानगरपालिकाको वडा नम्बर १७ स्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘पसलमा बिक्रीमा राखिएको दुधबरी स्वच्छ पाइएन । दुधवरीमा प्रयोग भएका कच्चा पदार्थ अखाद्य पाइयो,’ पाण्डेले भने, ‘अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।’


सम्बन्धित खबरहरु