सुशान्त सिंह राजपूतको निधन प्रकरण : रियाको घरमा एनसीबीको छापा

ओकेखबर संवाददाता १९ भाद्र २०७७, शुक्रबार १६:१० मा प्रकाशित ( साल अघि) ५७८ पाठक संख्या

एजेन्सी । सुशान्त सिंह राजपूतको निधन प्रकरणमा अनुसन्धान जारी रहेका बेला सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा एनबीसीले छापा मारेको छ ।

रिया चक्रवर्ती र उनका भाइ शोबिक चक्रवर्तीको ड्रग्स कनेक्नस उजागर भएपछि एनसीबीले मुम्बईमा रहेको उनको घरमा छापा मारेको छ ।

रियाको घरमा सर्च अपरेशन गरिएको छ । एनसीबीका साथ मुम्बई प्रहरी पनि रहेको छ ।

रियाको घरबाहेक सुशान्तको हाउस म्यानेजर स्यामुअल मिरांडाको घरमा पनि एनबीसीले छापा मारेको छ । एनसीबीले यस मामलामा ४ जनालाई पक्राउ गरिसकेको छ ।

गत जुनमा सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । उनको निधनको कारण पत्ता लगाउन सीबीआईले यो केशमा अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबरहरु