अभिनेता सलमान खानले बाढीबाट विस्थापित ७० घर बनाउन शुरु गरे

ओकेखबर संवाददाता १९ भाद्र २०७७, शुक्रबार ०८:५० मा प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सलमान खानले गत फेब्रअरीमा वाचा गरे अनुसारको एउटा गाउँ बनाउने काम शुरु गरेका छन् ।

सन् २०१९ मा भारतको महाराष्ट्रको खिद्रापुर गाउँमा बाढीका कारण पुरै गाउँ विस्थापित बनेको थियो । जसबारे सलमानले सन् २०२० को फेब्रुअरीमा सम्पुर्ण गाउँलेको घर बनाउने जिम्मा आफुले लिने बताएका थिए । सोहि अनसार सलमानले वाचा पुरा गर्दै घरको पुनर्निर्माण शुरु गरेका छन् ।

खिद्रापुरमा ७० घर बाढि प्रभावित थिए । सलमानले उक्त गाउँलाई आफुले एडोप्ट गरेको उद्घोष गर्दै त्यस गाउँको पुनर्निर्माणमा आफु लागि पर्ने बताएका थिए । सलमानको काम थालेको चर्चा गर्दै महाराष्ट्र सरकारका मन्त्री राजेन्द्र पाटिलले सलमानले वाचा अनुसारको काम शुरु गरेको जानकारी गराएका छन् ।

मन्त्री राजेन्द्रका अनुसार सलमान खानको मद्दतबाट ७० परिवारको घर पुनर्निर्माण शुरु भएको छ ।


सम्बन्धित खबरहरु