अभिनेता गौरवले कसे प्रेमिका श्रेयानीसँग लगनगाँठो

ओकेखबर संवाददाता २१ माघ २०८०, आईतवार १५:१४ मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

काठमाडौं । अभिनेता गौरव पहरीले प्रेमिका श्रेयानी खतिवडासँग लगनगाँठो कसेका छन् ।

उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेयानीबिच केही अगाडि होटल र्‍याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् ।

गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’ मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्म ‘दुई कदम’ प्रदर्शनमा आएको थियो । उनी अभिनीत फिल्म नम्बरी सुन प्रदर्शनमा आउन बाँकी छ ।


सम्बन्धित खबरहरु