कोरोनाबाट मुलुकभर थप १२ जनाको ज्यान गयो, कहाँ कति ?

ओकेखबर संवाददाता १७ भाद्र २०७७, बुधबार २१:०९ मा प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

काठमाडौं । बुधबार मुलुकभर कोरोना भाइरसको संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।

जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छन्।

यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु