वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ जनामा कोरोना संक्रमण

ओकेखबर संवाददाता १७ भाद्र २०७७, बुधबार ०७:०१ मा प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

काठमाडौं । देशकै पहिलो सरकारी अस्पताल वीर अस्पतालका चिकित्सक, नर्स कर्मचारीलगायत ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज थप १३ जना नर्स र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै वीर अस्पतालमा कार्यरत ७१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सञ्चुरीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सक, नर्स तथा अन्य कर्मचारीमा कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएका छैनन् ।

संक्रमण पुष्टि भएका प्रायः होम आइसोलेसनमा रहेको र भोलिसम्मको अवस्था हेरेर अन्य निर्णय गरिने उनले बताए । उनले संक्रमितको अवस्था हेरेर होटल तथा होस्टेल बुकिङ गरेर आइसोलेसनमा राख्ने तयारी गरिएको पनि जानकारी दिए ।


सम्बन्धित खबरहरु