अमेरिका–बेलायतमा ५० हजार मानिसमा अक्सफोर्ड भ्याक्सिनको परीक्षण, नतिजा कस्तो ?

ओकेखबर संवाददाता ९ भाद्र २०७७, मंगलवार २१:०८ मा प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको अमेरिका, बेलायतसहित धेरै देशमा परीक्षण चलिरहेको छ । उक्त परीक्षणको विषयमा अक्सफोर्डका अधिकारीले अनुकतीका लागि यही वर्षमा नियामक निकायमा पेश गरिने बताएका छन् ।

रोयटर्सको रिपोर्टअनुसार अक्सफोर्ड भ्याक्सिन ग्रपका निर्देशक एन्ड्रू पोलार्डले अक्सफोर्ड भ्याक्सिन बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा २० हजार जनामा परीक्षण भएको बताएका छन् । सँगसँगै अक्सफोर्डको भ्याक्सिनमा साझेदार कम्पनी एष्ट्राजेनेकाले अमेरिकामा ३० हजार जनामा परीक्षण गरिरहेको छ ।

निर्देशक पोलार्डले अक्सफोर्ड र एष्ट्राजेनेकाले तयार गरेको परीक्षण रिपोर्ट यही वर्षमा नियामक निकायलाई पठाइसक्ने बताएका छन् । परीक्षण नतिजासँग परीक्षणमा संलग्न वैज्ञानिक सन्तुष्ट भएको खण्डमा भ्याक्सिन नियमक निकायमा पेश गरिने उनले बताएका छन् ।

अक्सफोर्डका वैज्ञानिकले विश्वास कायम गर्नका लागि परीक्षणका कुनैपनि चरणलाई नजरअन्दाज गर्न नसकिने स्पष्ट पारिसकेका छन् । अक्सफोर्डले तयार गरेको भ्याक्सिनको पहिलो चरणको नतिजा सफल भइसकेको छ ।


सम्बन्धित खबरहरु