टिचिङ अस्तपालका १३ डाक्टरसहित ७० जनामा कोरोना संक्रमण, झन् बढ्याे जोखिम

ओकेखबर संवाददाता ४ भाद्र २०७७, बिहीबार १४:३१ मा प्रकाशित ( साल अघि) १४८७ पाठक संख्या

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १३ जना चिकित्सकसहित ७० जनामा अहिलेसम्म कोरोना पुष्टि भएको हो ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीगरी ७० जनामा कोरोना भाइरसको संक्रमण भएको अस्पतालका कोभिड इन्चार्ज डा. सन्तकुमार दासले जानकारी दिए ।

दासका अनुसार हिजो बेलुकीमात्रै १७ जनामा कोरोना पुष्टि भएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले अस्पताल प्रशासन छलफलमा रहेको उनले जानकारी दिए ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण भएसँगै उपत्यकाका तीनवटै जिल्लामा जोखिम बढेको छ ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीगरी सयौँ जना काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट अस्पतालकै गाडीमा आवत जावत गर्ने गरेका छन् । संक्रमितमध्ये केही स्टाफ आवत जावत गर्ने गाडीका चालक र सहचालकसमेत छन् ।

यसैबीच अस्पतालले बन्द गरेको आकस्मिकलगायतका सेवा सुरु गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर कोरोना परीक्षण गर्न आग्रह गरे पनि प्रशासनले चासो दिएको छैन ।


सम्बन्धित खबरहरु