आइफोन एसई २०२० नेपाली बजारमा, मूल्य कति ?

ओकेखबर संवाददाता ६ श्रावण २०७७, मंगलवार २०:१४ मा प्रकाशित ( साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्युनिकेशनले नेपालमा आइफोन एसई सार्वजनिक गरेको छ ।

नेपालमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको जेननेक्स्टले एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को विक्री वितरण गर्दै आइरहेको छ ।

आइफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ । सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याट बील लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरेको छ ।

यस्तो छ मुल्य सूची
मोडल       जीबी      मुल्य
SE          ६४         ७०,०००
SE          १२८        ७५,०००
SE          २५६        ९६,०००

कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न कम्पनीले आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु