बैशाख २४ गते सार्वजनिक विदा

ओकेखबर संवाददाता १४ बैशाख २०८१, शुक्रबार ०८:५६ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशले यही बैशाख २४ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले हिजो बसेको बैठकले ‘कामकाजी भाषा ऐन २०८०’ कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले उक्त खुसीयालीमा बसन्तपुरमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह’ को आयोजना समेत गर्ने तयारी गरेको छ ।

बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती’ गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।


सम्बन्धित खबरहरु