आज: 

क्यानडामा अन्धाधुन्ध बन्दुक आक्रमण, प्रहरीसहित १३ जनाको मृत्यु

ओके खबर ८ बैशाख २०७७, सोमबार ०९:०० मा प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

एजेन्सी । क्यानडामा अन्धाधुन्ध गोली चल्दा १३ जनाको ज्यान गएको छ । एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको हो।

आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ। ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्।

१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए।

प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ।


सम्बन्धित खबरहरु